एक महिनादेखि जाजरकोट अस्पतालमा औषधि अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एक महिनादेखि जाजरकोट अस्पतालमा औषधि अभाव

जाजरकोट, ११ साउन । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

इन्जेक्सन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल, इनजेकसन, पेनटोप, घाउमा लगाउने मलम, मेयुपेरेसन, जीवनजल, टेबलेट, पेनटोप, लगायत औषधिको अभाव भएको हो ।

दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरीद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् । विमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् ।

बीमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन् । पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);