भाइरल हेपाटाइटिसको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भाइरल हेपाटाइटिसको जोखिम

hepatitis

काठमाडौं, ११ साउन । तपार्ईमा भाइरल हेपाटाइटिसको संक्रमण त छैन ? एक सामान्य परीक्षणले आफ्नो शरीरमा यो भाइरसको उपस्थितिबारे यकिन हुन्छ । धेरै नेपाली आफूलार्ई भाइरल हेपाटाइटिस छ वा छैन भन्ने जानकार छैनन् ।

कतिपय मानिसले बीदेश जानुअघि गराउनुपर्ने स्वास्थ्य परीक्षणका क्रममा हेपाटाइटिसकोभाइरस रहे/नरहेको थाहा पाउँछन् । तर तीमध्ये धेरैलार्ई यो संक्रमण कसरी भयो भन्नेबारे यकिन जानकारी हुँदैन ।

भाइरल हेपाटाइटिस नेपाललगायत दक्षिण पूर्व एसीयामा सन् २०३० सम्म मुख्य जनस्वास्थ्य समस्याको रूपमा देखिने आंकलन गरिएको छ । नेपालमा यो रोगबारे कुनै खास अध्ययनअनुसन्धान गरिएको छैन ।

विज्ञहरूका अनुसार नेपालमा पहिले केही निश्चित समुदायमा देखिएको हेपाटाइटिस ‘बी’ र ‘सी’ हाल सामान्य जनमानसमा देखिन थालेको हो । त्रिबी शिक्षण अस्पतालमा एक वर्षमा २१० हेपाटाइटिस ‘बी’ का बिरामी उपचारका लागि आएका ग्यास्ट्रोइन्ट्रोलजी विभागका कलेजो रोग विशेषज्ञ डा. रविन हमाल बताउँछन् । अस्पताल पुग्नेमा २ वर्षे शिशुदेखि ८५ वर्षे वृद्घसम्म छन् ।

हमालका अनुसार हेपाटाइटिस ‘सी’ को संक्रमण ‘बी’ को तुलनामा केही कम छ । गतवर्ष शिक्षण अस्पतालमा हेपाटाइटिस ‘सी’ का करिब ३० बिरामी उपचारका लागि आएका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);