अमेरिका : हेपाटाइटिस 'ए' का कारण १९ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

काठमाडौँ, २ कार्तिक । अमेरिकाको क्यालिफोर्नियामा हेपाटाइटिस ‘ए’ का कारण १९ जनाको ज्यान गएको छ। क्यालिफोर्नियामा ५ सयभन्दा बढीलाई हेपाटाइटिस ‘ए’ को संक्रमण भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ।

संक्रमित धेरै व्यक्ति घरविहीन नागरिक हुन्। हेपाटाइटिस ‘ए’ को संक्रमण बढेपछि त्यहाँको सरकारले आपतकालीन अवस्था घोषणा गरेको छ। हेपाटाइटिस एले कलेजोमा असर पु-याउँछ। संक्रमित व्यक्तिले प्रयोग गरेका सामान प्रयोग गर्दा तथा संक्रमित व्यक्तिको जुठो खाँदा समेत यो रोग सर्ने गर्दछ।