कमजोर वन व्यवस्थापनको कारण क्यालिफोर्नीयाको जंगलमा डढेलो लाग्यो : ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कमजोर वन व्यवस्थापनको कारण क्यालिफोर्नीयाको जंगलमा डढेलो लाग्यो : ट्रम्प

जलवायु परिवर्तनको असर मान्न अस्विकार

एजेन्सी, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा जलवायु परिवर्तनका कारण नभइ कमजोर वन व्यवस्थापनको कारण डढेलो लागेको टिप्पणी गर्नुभएको छ । डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमणकाक्रममा राष्ट्रपति ट्रम्पले कमजोर वन व्यवस्थापनको कारण डढेलो लागेको टिप्पणी गर्नुभएको हो ।

जलवायु परिवर्तनबारे ‘विज्ञानलाई बेवास्ता नगर्न’ गरिएको आग्रहलाई अस्वीकार गर्दै ट्रम्पले अब चिसो हुन थाल्ने र डढेलो कमहुदै जाने दावी गर्नुभयो । क्यालिफोर्नियामा ठूलो डढेलोको कारण जलवायु परिवर्तनको असर हो कि भन्ने जिज्ञासामा ट्रम्पले यो व्यवस्थापनसँग बढी सम्बन्धित भएको टिप्पणी गर्नुभयो ।

डढेलो नियन्त्रणमा अमेरिकाले अरू देशहरूको तुलनामा धेरै राम्रो काम गरेको उहाँको दावी छ । डढेलो नियन्त्रणको प्रयास विफल भएको भन्ने आलोचकहरुलाई अस्ट्रेलिया र ब्रजिलका जंगलमा डढेलोबाट भएको क्षतिको उदाहरण दिनुभयो ।

क्यालिफोर्निया, ओरेगन र वाशिंगटन राज्यमा डढेलोबाट २० लाख हेक्टर क्षेत्रमा क्षति पुगेको छ । अगस्ट महिनाको पहिलो सातायता मात्रै त्यहाँ कम्तीमा ३५ जनाको ज्यान गएको छ। क्यालिफोर्नियामा मात्रै १५ अगस्टयता डढेलोले २४ जनाको ज्यान गइसकेको समाचार संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);