उदयपुरको विभिन्न जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

उदयपुरको विभिन्न जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर

udaypur dadhelo

गोपाल पोखरेल

उदयपुर, ९ चैत । उदयपुरका दुई दर्जन सामुदायिक वन र चुरे जंगल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । जंगलको ठूलो क्षेत्रमा डढेलो लागेकोले स्थानीय उपभोक्ता र सरोकारवाला निकायले नियन्त्रणको प्रयास गरिरहेपनि डढेलो नियन्त्रणमा आउन नसकेको हो ।

उदयपुरको बिभिन्न स्थानहरुको सामुदायिक वन र चुरे जंगल क्षेत्रमा बुधबार देखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । समथर क्षेत्रमा सामुदायीक वन उपभोक्ता समुह, वन कर्मचारी र स्थानीय तहमा रहेका बारुण यन्त्रले आगो नियन्त्रण गर्ने प्रयास गरिएपनि मध्य भाग र दुर्गम क्षेत्रमा डढेलो क्रमिक रूपमा बढ्दै गएको छ ।

कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकाको केही समथर क्षेत्रमा दमकल प्रयोग गरेर डढेलो नियन्त्रण गरिएको भएपनि अन्य क्षेत्रको डढेलो भने अझै नियन्त्रण गर्न सकिएको छैन । धेरै दिन देखि लागिरहेको डढेलोका कारण जगंलमा भएको बहुमुल्य जडीबुटी, काठहरु जलेर नष्ट भएको छ ।

यसरी बन क्षेत्रमा आगलागीका घट्ना वढेपछि समुदायिक वनहरुले पनि सचेतना लगायतका कार्यक्रमलाई तिब्रता दिएका छन् । उनीहरुले समुह समुहमा बैठकहरु गरेर सबै निकायहरु एकीकृत रुपमा परिचालित भई कार्य गर्ने योजना बनाईएको सामुदायिक वन महासंघ, उदयपुरले जनाएको छ ।

गत बर्ष पनि उदयपुरको करिब सात हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । एकातिर बर्षेनी लाग्ने डढेलोका कारण उदयपुरको वन र चुरे क्षेत्र विनास हुँदै गएको छ । डढेलो लाग्दा पलाउँदै गरेका बोट विरुवा नष्ट हुनुका साथै वन क्षेत्रमा पाइने जंगली जनावर समेत संकटमा पर्दै गएका छन् । हरेक बर्षको सुख्खा मौसममा लाग्ने डढेलोले चुरे क्षेत्रको जैविक विविधतामा समेत असर पारिरहेको विज्ञहरुहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);