तामनगरले बन व्यवस्थापन र डढेलो नियन्त्रणमा चासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तामनगरले बन व्यवस्थापन र डढेलो नियन्त्रणमा चासो

रुपन्देही, २४ फागुन । रुपन्देहीको चालपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल १२ , तामनगरले बन व्यवस्थापन र डढेलो नियन्त्रणमा चासो देखाएको छ ।

विशेषगरी गर्मियाममा वन क्षेत्रमा वढि आगोलागी हुने डिभिजन वन कार्यालय रुपन्देहीको सहयोगमा बन व्यवस्थापन तथा वन डढेलो नियन्त्रण कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको हो ।

वनमा मुख्यगरी मानवीय कारण नै डढेलो लाग्ने गरेको पाइएको छ । आगो लगाए वन राम्रो हुन्छ भन्ने आममानसिकताले पनि वनमा आगो लगाउने गरिएको छ । चारपाला सामुदायिक वन उपभोक्ता समूहले आगो लागेमा कसरी नियन्त्रण गर्ने र सके सम्म डढेलो लाग्नै नदिने योजना तथा कार्यक्रमहरु वनाएर अघि वढ्ने जनाएको छ ।

गर्मीयाममा वनमा डढेलो लाग्ने जोखिम हुदाँ सैनामैना सव डिभिजन वन कार्यालयले यसलाई निरुत्साहित पार्न मातहतका वन क्षेत्रमा सचेतनात्मक कार्यक्रमहरु अघि बढाएको बताएको छ ।

यस वर्ष देखी आगलागी लागि हुन नदिन सवै क्षेत्रलाई समेटेर अघि बढ्ने वन कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);