१ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुद्वारा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

१ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुद्वारा शुभकामना

काठमाडौं, २४ फागुन । आज ८ मार्च अर्थात् १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देशमार्फत् उहाँले लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

दिवसकै अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गर्नुभएको छ । त्यस्तै दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको उल्लेख गर्नुभएको छ ।

लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फवाट भएका नीतिगत, कानूनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा बृद्धि भएको प्रधानमन्त्रीको शुभकामना सन्देश उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);