आज अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

nari dewash

काठमाडौं, २५ फागुन । ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने मूल नारासहित आइतबार ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले महिला दिवसको उद्देश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश दिँदै महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा सशक्त नभएसम्म नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउनु भयो । उहाँले महिला दिवसले नेपाली महिला र देशको सर्वाङ्‌गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);