आइतवारदेखि मौसम सफा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आइतवारदेखि मौसम सफा हुने

काठमाडौं, २४ फागुन । पश्चिमी वायुको प्रभावले शनिबार देशका बिभिन्न भागमा वर्षा भएको छ । शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशका बिभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि शनिवार बिहान बर्षा भएको थियो । पश्चिमी वायुको प्रभाव आइतवारदेखि घट्दै जाने र मौषम सफा रहने महाशाखाको भनाई छ ।

लगातारको वर्षाका कारण बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । शनिवार बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । बैतडीका खोड्पे, श्रीभावर, गर्जे लगायतका उच्च क्षेत्रमा हिमपात भएको जनाइएको छ ।

यो वर्ष लगातारको वर्षा र हिमपातले चिसो कम हुन नसकेको र जनजीवन कष्टकर भएको बैतडीका स्थानीयको भनाई छ । चिसोको समयमा श्वासप्रश्वास र न्यूमोनिया जस्ता रोगहरु लाग्न सक्ने भएकाले वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

हुम्लामा पनि शनिवार भारी हिमपात भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।हिमपातले हुम्लाको तापक्रम माइनस पाँचमा झरेको छ ।

हुम्लाको उत्तरी भेगमा भारी हिमपात भएको र दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनेको छ । हिमपातका कारण अहीले लगाइएको बालीनाली भने सप्रिने भन्दै हुम्लाका किसान खुशी भएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);