जग्गा खरीद गरेको २४ वर्ष बितिसक्दा पनि कलेजकाे भवन बनेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जग्गा खरीद गरेको २४ वर्ष बितिसक्दा पनि कलेजकाे भवन बनेन

महोत्तरी, २४ फागुन । महोत्तरीमा इञ्जिनियरिङ कलेज स्थापनाका लागि जग्गा खरीद गरेको २४वर्ष बितिसक्दा पनि कलेज निर्माण हुन सकेन, कसैले चासो नदिएको स्थानीयको गुनासो।

वर्तमान अवस्थामा प्राविधिक शिक्षाको आवश्यकता र महत्व धेरै छ । त्यसैलाई बुझेर साढे दुई दशक अगाडी महोत्तरीको दक्षिणी भेगमा मणिपाल ईन्जीनियरीङ्ग कलेजको अवधारणा ल्याईयो ।

त्यसलाई साकार बनाउन स्थानिय किसानले जग्गा पनी दिए तर कलेज निर्माणको कामले गति नलिदा भने अहिले त्यहाँका स्थानीय निरास भएका छन् ।

महोत्तरीको दक्षिणी क्षेत्रलाई प्राविधिक शिक्षाको हवका रुपमा विकास गर्ने अवधारणा दशक अगाडि ल्याइयो । अवधारणामा सघाउन मणिपाल ईन्जीनियरीङ्ग कलेज निर्माण गर्नका लागि महोत्तरीका स्थानीय किसानहरुले न्युनदरमा जग्गा पनि दिए तर जग्गा दिएको दशकौ वितिसक्दा पनी कलेज निर्माण नहँुदा अहिले उक्त स्थान शहरबाट निस्कीएको फोहर फाल्ने ठाँउ र गौचरणमा परिणत भएको छ ।

भारतीय प्रतिष्ठीत शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युटले नेपाल सरकारबाट मान्यता प्राप्त गरी २०५२ सालमा ईन्जीनियरीङ्ग कलेज स्थापना गर्ने भन्दै जलेश्वर नगरपलिका वडा नम्बर– ७ का स्थानीय किशानहरुको ३५ विगाहा जमीन सस्तो भाउमा खरिद गरेको थियो ।

जग्गा खरिद गरेको २४ वर्ष भन्दा बढी भइसक्दा पनि कालेज निर्माण गर्न मणिपालद्वारा अहिलेसम्म कुनै पहल भएको छैन । त्यतिबेला सो जग्गाको मूल्य ५० हजार प्रति कट्ठा भन्दा बढी रहे पनि आफ्नो ठाउँमा शैक्षिक प्रतिष्ठानको स्थापना हुने आशा गरि १० हजार प्रति कठ्ठाको दरले स्थानीयहरुले प्रशासनको पहलमा मणिपाललाई जग्गा दिएका थिए ।

कलेज स्थापना पश्चात जिल्ला र नगरकै विकास हुने सपना बोकी सस्तो मूल्यमा उक्त जग्गा ईन्जीनियरीङ्ग कलेजलाई दिएको र अहिलेसम्म जग्गाको कुनै सदुपयोग नहुँदा अब हुने नगरपालिकाको अधिबेशनमा कुनै ठोस योजना उक्त जग्गाको सदुपयोग गर्ने स्थानिय सरकारको तयारी छ ।

नेपालमा २०४७ सालको राजनीतिक परिवर्तनसंगै नेपाली कांग्रेसको सरकारमा मन्त्री बनेका जिल्लाकै स्थानीय नेता महेश्वर सिंहको पहलमा जलेश्वरमा कलेज खोल्ने मान्यता मणिपालले पाएको थियो ।

सस्तोमा दिएको जग्गामा कलेज नबनेपछी स्थानियले पटक पटक बिभिन्न मन्त्रिहरुसँग छलफल गरेर सो स्थानमा कलेज स्थापना गराउन पहल गरिदिन अनुरोध गरेपनि अहिलेसम्म उपलब्धी केही भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);