मेडिकल कलेजको माग गर्दै डेलिकेसन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मेडिकल कलेजको माग गर्दै डेलिकेसन

उदयपुर । गाईघाटमा मेडिकल कलेज स्थापनाकाे माग गर्दै यहाँका जनप्रतिनिधिको टोली डेलिकेसनमा गएकाे छ । उदयपुरमा मेडिकल कलेज खोल्न तीन वर्षअघि देखि भइरहेको प्रयासस्वरुप त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढी नगरपालिका नगर प्रमुख खगेन्द्र राईसहितको १७ जनाको टोली काठमाडाै‌ गएकाे हाे । तीन वर्षअघि विज्ञसहितको स्वास्थ्य मन्त्रालयको टोलीले उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययन गरेकाे थियाे । त्यसैबेला कलेजका लागि स्थलगत अध्ययन समेत भएकाे थियाे ।

नगर प्रमुख चौधरी नेतृत्वकाे डेलिगेसन टाेलीले शनिबार उदयपुर १ का सांसद एव‌ परराष्ट्रमन्त्री डा. नारायण खड्का र विभिन्न मन्त्रालयका सरोकारवालासँग भेट गरेकाे छ । नगर प्रमुख चौधरीले शनिबार नै डा. खड्का निवासमा सर्वपक्षीय सहभागितामा बैठक बसी गाईघाटमा मेडिकल कलेज खोल्न आवश्यक जग्गा व्यवस्थापनदेखि बजेट माग गर्नेसम्मको विषयमा छलफल गरेको मन्त्री खड्काको सचिवालयले जानकारी दिए ।

यस्तै मन्त्री खड्कासँग त्रियुगा र चौदण्डीगढी नगरपालिकामा मुख्य समस्याको रुपमा रहेको ऐलानी र अव्यवस्थित भूमि व्यवस्थापन गर्ने गरी कामअघि बढाउने सम्झौता समेत भएको नगर प्रमुख चौधरीले बताए । त्यसका लागि मन्त्रालयबाट आवश्यक बजेट माग गर्ने र बाँकी नगरपालिकाले बेहोर्ने सम्झौता भएको छ । नगरपालिकाका विभिन्न वडामा आवश्यक पुल, सडक, खानेपानी र विद्युतीकरणलगायत विषयमा छलफल गरी योजना निर्माण र सञ्चालनका लागि बजेट माग गर्ने निर्णय भएको छ । यसै वर्ष मेडिकल कलेज निर्माणका लागि जग्गा टुंगो लगाउँदै संघीय सरकारमार्फत आवश्यक बजेट माग गर्ने निर्णय पनि भएकाे जनाइएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);