मेडिकल कलेज खोल्न रोकिन्न : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेडिकल कलेज खोल्न रोकिन्न : ओली

Pm Oli

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी आमरण अनशनरत डा. गोविन्द केसीलाई आन्दोलन छाडेर सरकारी कर्मचारीको मर्यादामा बस्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश २ का नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूसित शनिबार विकास निर्माणबारे छलफल गर्दै ओलीले केसी जनताको करबाट तलब खाने सरकारी प्राध्यापक भएकाले मर्यादामा बस्नुपर्ने बताए । केसीले माग राख्दैमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिनेसमेत ओलीले बताएको छलफलमा सहभागी एक सांसदले जनाए ।

ओलीले केसीलाई राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्नसमेत चुनौती दिए । उनले केसीमाथि कांग्रेसको आडमा अनशन बसी राजनीति गरिरहेको आरोप लगाउँदै कुनै व्यक्तिलाई अगाडि सारेर मुद्दा बनाइएको भरमा त्यसलाई स्वीकार्न नसकिने बताए । ओलीले उपत्यकाका माइतीघर मण्डललगायत ठाउँमा जारी गरिएको निषेधाज्ञा पनि नहट्ने बताएको छलफलका सहभागीले जनाए । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);