चिकित्सा शिक्षा आयोगका विज्ञ पदाधिकारीहरुलाई पेलेर कुनै अवैध निर्णय नगराउन विवेकशील साझाको खबरदारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिकित्सा शिक्षा आयोगका विज्ञ पदाधिकारीहरुलाई पेलेर कुनै अवैध निर्णय नगराउन विवेकशील साझाको खबरदारी

काठमाडौं । विवेकशील साझा पार्टीले आज हुने भनिएको चिकित्सा शिक्षा आयोगको बैठकमा उठ्ने सबै विषयमा विधि र प्रक्रियासम्मत तरिकाले मात्रै निर्णय गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

विवेकशील साझा पार्टीले शुक्रबार एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाकर्षण गराएको हो । दुर्गा प्रसाईद्धारा सञ्चालित झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको सम्बन्धमा विवेकशील साझाले यस्तो ध्यानाकर्षण गराएको हो ।

स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री ओलीले आयोग पदाधिकारीहरुलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरुले पार्टीलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको यस सम्भावित कदम निकै गम्भीर भएको बताउँदै पार्टीले व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरुलाई धराशायी बनाउँदै जाने श्रङखलाले निरन्तरता पाउन नहुने बताएको छ ।

कुनै निहित स्वार्थका लागि आयोगका आलंकारिक अध्यक्षले विज्ञ पदाधिकारीहरुलाई पेलेर कुनै अवैध निर्णय नगराउन् भनी खबरदारी समेत गरेको छ ।

मेडिकल कलेज खुल्दा देशको कानुनी व्यवस्था अनुकूल खुल्नूपर्ने विवेकशील साझा पार्टीको माग छ । विज्ञप्तिमा उल्लेख गरिएको छ–‘कुनै अमुक मेडिकल कलेजले सम्बन्धन पाउने वा नपाउने भन्ने हाम्रो सरकोरको विषय होइन ।

जुनसुकै मेडिकल कलेज वा अस्पताल खुल्दा पनि देशको कानुनी व्यवस्था अनुकूल खुल्नुपर्छ, उक्त कलेज नीतिगत स्वार्थ र दलीय दाउपेचको सिकार हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);