सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका अन्य दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ ।

सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बोलाउनुभएको हो । छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले बुधबार नै पत्र पठाएका थिए ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

बैठक आज अपराह्न संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा प्रधानमन्त्री ओली जाने – नजाने अहिले निश्चित भइसकेको छैन । सापकोटाले यसअघि पूर्वसभामुखहरू र कानुन व्यवसायीहरूसँग सोत छलफल गरका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);