सभामुख घिमिरेले संसद चलाउन प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं,२६ चैत्र । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद संचालनका लागि पहल थाल्नु भएको छ । सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न आज बोलाउनु भएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लाग्नु भएको हो ।

सभामुखले आज बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाउनु भएको हो । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

घिमिरेले चार जना नेतासँग टेलिफोनमा कुरा गरेर छलफलको समय निर्धारण गर्नुभएको हो । गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिइसकेको छ । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बोलाइएको छ । सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने अडानख राखिरहेको छ । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । यसैबिच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ । जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले त्यस अघि नै वर्षे अधिवेशन आह्वान हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);