सांसद पन्तको प्रश्न– निर्माण व्यवसायीको समस्यामा सरकार कहिले गम्भीर हुन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

सांसद पन्तको प्रश्न– निर्माण व्यवसायीको समस्यामा सरकार कहिले गम्भीर हुन्छ ?

काठमाडौँ ।

सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी, जनता आवास कार्यक्रमबारे चासो देखाउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले निर्माण व्यवसायीहरू काम छोडेर “हात बाँधेर बस्नुपर्ने अवस्था आएको” भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँकाअनुसार धेरै निर्माण कम्पनीहरूले अघिल्ला वर्षहरूमा गरेको कामको भुक्तानी अझै नपाएको गुनासो व्यापक रूपमा आइरहेको छ । सो भुक्तानी कहिलेसम्म दिइन्छ, सरकारले यसका लागि कति बजेट छुट्याएको छ, र भुक्तानी नदिई निर्माण कार्य अघि बढाउन सम्भव नरहेको बताउनु भयो ।

उहाँले “जनता आवास” कार्यक्रम अहिले “बस्ती विकास” नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाहरूलाई बजेट छुट्याइँदा समयमै जानकारी नपाउँदा लक्षित लाभग्राही पहिचानमा कठिनाइ भएको बताउनु भयो । जनप्रतिनिधिहरूलाई पहिल्यै जानकारी भए अझ प्रभावकारी रूपमा आवश्यक परिवार छनोट गर्न सकिने उहाँको भनाइ थियो ।उहाँले बुढीगण्डकी जलविद्युत आयोजना को सन्दर्भमा एक अर्ब रुपैयाँको बजेटले आयोजना बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाउँदै विगतमा सरकारका विभिन्न भनाइ र प्रतिवद्धतामाथि पनि जिज्ञासा राख्नुभयो ।

Leave a Reply

ताजा समाचार