नागरिकता अध्यादेशको मनसाय गलत, केही बुँदा सकरात्मक भएपनि अपूर्ण रहेको दावी : विवेकशील साझा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नागरिकता अध्यादेशको मनसाय गलत, केही बुँदा सकरात्मक भएपनि अपूर्ण रहेको दावी : विवेकशील साझा

काठमाडौं। विवेकशील साझा पार्टीले नागरिकता अध्यादेशको मनसाय गलत भएको भन्दै केही बुँदा सकारात्मक भएपनि अपूर्ण भएको बताएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको हो ।

नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्ने भन्दै विवेकशील साझाले नेपाली नागरिकता पाउन योग्य कुनै पनि व्यक्तिलाई नागरिकताबाट वञ्चित गर्न नपाइने ठोकुवा गरेको छ ।

गलत प्रक्रिया र गलत ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई सकारात्मक रूपमा सम्बोधन गरेको छ भने बोल्नुपर्ने केही विषयमा मौन रहेको विवेकशील साझाको ठम्याई छ। विवेकशील साझाले नागरिकताका सम्बन्धमा के हुनु पर्छ र के हुनु हुँदैन भनेर बुँदागत रुपमा सुझाव पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);