विवेकशील साझा पार्टीभित्र आन्तरिक कलह चुलिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

विवेकशील साझा पार्टीभित्र आन्तरिक कलह चुलिंदै

फूलमाया आले

काठमाडौं, १७ पुस । नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणासहित स्थापना भएको विवेकशील–साझा पार्टीभित्र आन्तरिक कलह चुलिएको छ । पार्टी स्थापना दिवसको कार्यक्रममै विवादमा उत्रिएका नेताहरु अहिले विवादको निरुपणका लागि महाधिवेशन आवश्यक भएको बताउन थालेका छन् ।

दुइ संयोजकमध्येका एक उज्वल थापाले १८ पृष्ठको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्का संयोजक रविन्द्र मिश्र माथि आरोप लगाएका छन् । उज्वल थापा नेतृत्वको विवेकशील नेपाली र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी डेढ वर्ष अधि मात्र एकिकरण गरेर विवेकशील–साझा पार्टी गठन भएको थियो ।

जनजीविकाका सवाल र सार्वजनिक सरोकारका विषय समाजिक संजाल र सडकसम्म पु-याएर लोकप्रियता कमाउँदै गरेको विवेकशील नेपाली विविसी नेपाली सेवाबाट अवकास लिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रको साझा पार्टीसँग एकता गर्न पुग्यो ।

एकता लगत्तैको निर्वाचनमै नेताहरुबीच असन्तुष्टीको आगो सल्किएको भएपनि बाध्यात्मक रुपमा विवाद लुकाइएको विवेकसील साझाका नेताहरुको भनाई छ । खासगरी संयोजक रविन्द्र मिश्रले राजनीतिक भन्दा पनि सेलिब्रेटी सैली प्रस्तुत गरेको, विद्वता आफुमा मात्र छ जस्तै गरेको र विवेकसील साझालाई पनि उनले आफ्नै फाउण्डेसन जस्तो तरिकाले संचालन गरेको, नेता कार्यकर्ता र कार्यालयलाई समय नदिएको सहितका आरोप लाग्दै आएका थिए ।

तर, अहिले संयोजक उज्वल थापाले १८ पृष्ठको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै रवीन्द्र मिश्रको कार्यशैलीको समिक्षा गरेपछि विवाद सतहमा आएको हो । प्रतिवेदनमा संयोजक थापाले संघीय, प्रादेशिक निर्वाचनको सफलताको एकवर्षको मूल्यांकनका आधार र बिभिन्न घटनाक्रमले विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्ष सार्वजनिक गरेका छन् ।

उनले प्रतिवेदनमा दल संकुचित नीति र निर्णयको बन्दी भएको र दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहित र उर्जाहीन भएको बताएका छन् । सदस्यता बढाउन नसकेको, नेतृत्व थोरै मानिसमा सीमिति हुँदै गएको, नेतृत्वले सदस्यहरूलाई जिम्मेवारी दिन अनुदार भएको जस्ता टिप्पणी प्रतिवेदनमा सार्वजनिक भएपनि विवेकशील साझामा नयाँ तरंग आएको छ ।

थापाको उक्त भनाईले अर्का संयोजक मिश्रको आलोचना गरेको देखिन्छ । यता पार्टीका प्रवक्ता सूर्यराज आचार्यले भने संयोजक थापाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको धेरै कुरामा दुवै संयोजकको सहमती भएपनि एकलौटी रुपमा प्रतिवेदन सार्वजनिक गरेको बताए ।

वैकल्पिक राजनीतिक शक्ति बन्ने घोषणा गरेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटी बसाल्न नसकेको तथा राजनीति गर्ने ढंग देखाउन नसकेको उल्लेख गरेका छन् । पार्टीले एकवर्ष अघिको चुनावमा दुईलाख १२ हजार सदरमत ल्याउन सफल हुनुका साथै प्रदेश नम्बर– ३ मा तीनजना सांसद भएपनि निर्वाचनपछि चार केन्द्रीय सदस्यले राजीनामा दिएको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिले विवेकशील साझामा चारहजार एकसय सदस्य मात्र भएको उनको प्रतिवेदनमा जनाइएको छ । विधान निर्माण, विभाग गठन र संगठन विस्तार लगायतका महत्वपूर्ण काम अघि नबढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेपछि बहसमा तानिएको छ ।

प्रवक्ता आचार्यले पार्टी भित्रको समस्या समाधान गर्न सकेसम्म छिटै महाधिवेशन गर्न जरुरी रहेको बताए । साथै अहिलेको विवाद आधारभूत तहको चिन्तनको विवाद नभएपनि संयोजक थापाले अवाञ्छित किसिमको व्यवहार देखाएको उनको भनाई छ ।

आम नागरिकका मुद्दा बोक्न सक्ने नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको लक्ष्य बोकेका विवेकशील नेपाली र साझ मिलेपछि न बिवेकशील जस्तो न साझा जस्तो भएपछि विवकेशील साझा कुहिरोको काग जस्तो भएको स्वयं नेताहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);