पार्टी फुटाउनुको कारणबारे उज्वल थापाले मुख खोले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टी फुटाउनुको कारणबारे उज्वल थापाले मुख खोले

काठमाडौं, ५ माघ । विवेकशील साझाबाट छुट्टिएर विवेकशील नेपाली दल गठन गरेका उज्वल थापाले नागरिकको दल नबन्ने निष्कर्षपछि विवेकशील साझा पार्टीबाट अलग भएको बताएका छन् ।

शनिबार काठमाडौंमा विवेकशील नेपाली दलको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिलेकै ढंगले अगाडि बढ्दा विवेकशील साझा पार्टी जनताको पार्टी बन्न नसक्ने र सहभागितामुलक लोकतन्त्रसमेत स्थापित नहुने बताए । थापाले विवेकशील नेपाली दलले अव युवा, महिलासहित आम नागरिकको प्रतिनिधित्व गर्ने गरी नयाँ ऊर्जाका साथ अगाडी बढ्ने दावी गरे ।

विवेकशील नेपाली दलकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले भने पार्टी फुटेको नभइ एकीकरण मात्र रद्ध भएको बताइन् । उनले वैकल्पिक राजनीतिको जगनै फरक दृष्टिकोणमात्र भन्ने बुझाईका कारण सहभागिता मुलक लोकतन्त्र स्थापित गर्न छुट्टिनुपरेको बताइन् ।

सार्वजनिकरुपमा भएको कार्यक्रममा केही सहभागीहरुले भने विवेकशील दलका अहिलेका १६ जना केन्द्रीय सदस्यहरुले राजीनामा दिएर नयाँ पुस्ताको पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);