विकास निर्माणकाे काम तिब्र ढंगले अघि बढेको प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

विकास निर्माणकाे काम तिब्र ढंगले अघि बढेको प्रधानमन्त्रीको दाबी

kp oli- nekapa

कांग्रेसका चितवन जिल्लाका पुर्व सभापति तीर्थ भुसाल नेकपामा प्रवेश –

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले महसुस गर्ने गरि विकास निर्माणका काम तिब्र ढंगले अघि बढेको बताएका छन् । धुम्बाराहीमा शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिब्र गतिको आर्थिक वृद्धि हासिल गर्ने दिशामा सरकार अघि बढेको बताएका छन् ।

आफुले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ऐन कानुन देखि सम्पुर्ण रुपमा नयाँ संरचना कायम गर्नुपर्ने मुल जिम्मेवारी पनि आफ्नो कांधमा रहेकाले विकास निर्माणका काम केही पछि परे जस्तो देखिएको उनको तर्क थियो ।

संविधान कार्यान्वयनका लागि नयाँ कानून बनाउने काम विस्तारै सकिँदै गएकाले अब मुलुक तिब्र गतिमा आर्थिक विकासको बाटोमा अघि बढ्ने उनको दाबी छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका चितवन जिल्लाका पुर्व सभापति तीर्थ भुसाललाई पार्टी प्रवेश गराएका छन् । चितवन कांग्रेसका संस्थापक नेता समेत रहेका भुसाल २०५१ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।