विवेकशील साझा पार्टीमा चरम विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विवेकशील साझा पार्टीमा चरम विवाद

कविता कार्की
काठमाडौं, २६ पुस । वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा सहित स्थापना भएको १७ महिना वित्न नपाउँदै विवेकशील–साझा पार्टीभित्र आन्तरिक विवादले चर्को रुप लिएको छ । बिवेकशील साझा पार्टीका दुई संयोजकमध्ये उज्वल थापाले १८ पृष्ठ लामो समीक्षामार्फत अर्का संयोजक रविन्द्र मिश्र एकलौटी अघि बढ्नखोज्दा पार्टी पार्टीजस्तो नबनेको प्रतिवेदन सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो ।

वि.स २०७४ साल साउन ११ गते उज्वलबहादुर थापा नेतृत्वको विवेकशील नेपाली र रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीवीच एकिकरण गरेर विवेकशील–साझा पार्टी गठन भएको थियो । तर एकीकरण भएको १७ महिना नवित्दै पार्टीभित्र आन्तरिक विवादले चर्को रुप लिएको छ ।

जनजीविकाको सवाल र सार्वजनिक सरोकारका विषय, सामाजिक संजाल र सडकसम्म पु¥याएर लोकप्रियता कमाउँदै आएको उज्वल थापा नेतृत्वको विवेकशील नेपाली र विविसी नेपाली सेवाबाट अवकास लिएर राजनीतिमा आएका रविन्द्र मिश्रको साझा पार्टीबीच स्थानीय तह निर्वाचन पछि एकता भएको थियो ।

एकता भए लगत्तैको निर्वाचनदेखि नै नेताहरुबीच पार्टीलाई नागरिकसमक्ष पस्तुत गर्ने विषयमा विवाद उत्पन्न भएको थियो । तर पनि बाध्यात्मक रुपमा विवाद लुकाइएको विवेकशील साझा पार्टीका नेताहरु बताउँछन् ।

संयोजक रविन्द्र मिश्रले पार्टीलाई बैकल्पिक धारबाट परम्परागत धारतर्फ केन्द्रीत गर्न खोजेका कारण विवाद रोकिने अवस्था नरहेको उनीहरुको बुझाई छ । राजनीतिक भन्दा पनि बहुमतको दम्भ देखाएर भद्र गतिविधि गरेको र विवेकसील साझालाई पनि उनले आफ्नै परोपकार फाउण्डेसन जस्तो संचालन गरेको । नेता कार्यकर्तासँग सेलिब्रेटीजस्तो व्यवहार गरेको तथा कार्यालयमा जान तथा पार्टी सदस्यसँगको अन्तक्रिया गर्न समय नदिएको सहितका थुप्रै आरोप लगाउँदै आएका छन् ।

निर्वाचनपछि पर्याप्त बैठक बस्न नसक्नु र नेताहरुमा पारदर्शी कार्यविभाजन नहुँदा विवाद भुसको आगोझै सल्किएको छ । संयोजक थापाले त्यही कारण समिक्षा प्रतिवेदनमा अर्का संयोजक मिश्र विरुद्ध १८ अरोप लगाएका छन् ।

आरोप पछि मिश्र पक्षले उज्वललाई अराजनीतिक भनिरहेका छन् । पार्टी प्रवक्ता सूर्यराज आचार्यले थापामा राजनीतिक दृष्टिकोण नै नदेखिएको आरोप लगाएका छन् । प्रवक्ता स्वयं मिश्र पक्षको वकालतमा लागेपछि थापा पक्षका केन्द्रीय सदस्य तथा सामान्य सदस्यहरुसम्म रुष्ट भएका छन् । उनीहरुले मिश्रले पार्टीलाई गलत दिशातर्फ ‘मिसलिड’ गरेको बताएका छन् ।

रविन्द्रको नेतृत्वमा विवेकशील साझा दल नभएर संकुचित सोतबाट ग्रस्त भएको र त्यसका आधारमा संकुचित नीति र निर्णयको वातावरण बनेको उनीहरुको गुनासो छ । उर्जाशील सदस्य र शुभचिन्तकहरूलाई निरुत्साहित पार्दै विवेकशील साझा उर्जाविहीन समुहमा परिणत भएको उनीहरुको बुझाई छ । त्यसैले यही अवस्था कायम रहे पार्टीमा बसेर वैकल्पिक राजनीति गर्न सकिने अवस्था नरहेको बताउन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);