अमेरिकी फिलिप एस डेभिड्सन मन्त्री पोखेरल संग गरे शिष्टाचार भेट वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अमेरिकी फिलिप एस डेभिड्सन मन्त्री पोखेरल संग गरे शिष्टाचार भेट वार्ता

pokhrel vart wartaa

काठमाडौं, २७ पुस । अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरल संग शिष्टाचार भेट वार्ता गरेका छन् ।

सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रबार बिहान रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रि पोखरेल सँग भेट गरेका हुन् । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन टोली नेपालको २ दिने भ्रमणको बिहिबार काठमाण्डौ आएको हो ।

उपप्रधान तथा रक्षा मन्त्री सँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति बारे छलफल भएको छ । यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भुमिका बारे पनि छलफल भएको छ । साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए ।

भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा सँग भेट गरिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);