भारतको नेसनल डिफेन्स कोर्सको टोलीले नेपाली सेनाको जंगी अड्डाको भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको नेसनल डिफेन्स कोर्सको टोलीले नेपाली सेनाको जंगी अड्डाको भ्रमण

काठमाडाैं । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को टोलीले नेपाली सेनाको जंगी अड्डाको भ्रमण गरेको छ ।

मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरकृयाको कार्यक्रम भएको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा प्रधान सेनापति शर्माले यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्षा चासोका विषयहरूको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मंगलबार नै एक फरक कार्यक्रममा सैनिक श्रीमती संघको कार्यालयमा स्वागत तथा शिष्टाचार भेटवार्ता समेत आयोजना गरिएको थियो । अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंका शिक्षार्थीहरू समेत समावेश भएको उक्त भ्रमण दल कार्तिक ६ गते भारत फिर्ता हुने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);