म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) को चौँथो अधिवेशन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) को चौँथो अधिवेशन सुरु

म्याग्दी । बिश्व भरि छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) अन्तराष्ट्रिय कार्य समितिको को चौँथो अधिबेशन म्याग्दीको सदरमुकाम बेनीमा आज देखि सुरु भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा कार्तिक ३ गते सम्म संचालन हुने अधिबेशनको प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभएको हो । अधिबेशनमा मोना गठन भएका बिश्वका बिभिन्न २५ देशहरुबाट त्यहाँ रहेका म्याग्देलीहरु प्रतिनिधि तथा परिबेक्षकको रुपमा उपस्थित भएका छन ।

कोरोनाका कारण सबै प्रतिनिधिहरु उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट पनि कार्यक्रममा सहभागी हुने ब्यबस्था गरिएको छ । हरेक २ बर्षमा मोनाको अधिबेशन हुँदै आएको छ । यस अधिबेशनबाट आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्य समिति पनि गठन हुँदै छ ।

नयाँ कार्य समितिको अध्यक्ष पदका लागि हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव बिक्रम कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको छ । तर सकेसम्म चुनावमा नजाने गरि सहमतिको प्रयास भइरहेको मोनाले जनाएको छ ।

उद्घाटन पुर्व जिल्ला स्थित बिभिन्न जातजाती, संघ संस्था लगाएतको पहिचान झल्किने सांस्कृतिक झाँकी र बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । अधिबेशनमा म्याग्दीका चर्चित कलाकारहरु कुमार पुन, नेशन पुन, प्रकाश दुतराज लगाएतको सांगीतिक प्रस्तुती रहने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);