बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

म्याग्दी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ ।

प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराईएको हो । मंसिर ४ गते अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि १८ बर्ष भन्दा कम उमेरका महिला तथा पुरुष दौड प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम पुरस्कार नगद रु ८ हजार मेडल र प्रमाणपत्र, द्वितीय ५ हजार मेडल र प्रमाणपत्र, तृतीय ३ हजार मेडल र प्रमाणपत्र र सान्त्वना रु १ हजार मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले मंसिर ३ गते साँझ ५ बजे सम्म जिल्ला खेलकुद बिकास समितिको सचिवालयमा गई नाम दर्ता गर्नुपर्ने छ ।

कार्यक्रममा अध्यक्ष केसीले जिल्लामै पहिलो पल्ट यो दौड प्रतियोगीताको आयोजना गरिएको बताए । उनले प्रतियोगीतालाई सफल बनाउनका लागि आबश्यक साथ, सहयोगका लागि पनि सम्पुर्ण संघसंस्था तथा ब्यक्तिहरुलाई आब्हान समेत गरेका छन्।

जुनसुकै खेलजन्य गतिविधिले युवाहरुमा सकरात्मक सोचको बिकास गराउने भएकाले कुनै न कुनै खेलमा जोडिन युवाहरुलाई उनले अनुरोध गरेका छन् । खेलाडिहरुलाई खेल संग जोड्नका लागि जिल्ला खेलकुद बिकास समितिले बिभिन्न समयमा खेलकुद कार्यक्रमको आयोजना गर्ने योजना बनाएको बताउँदै ग्रामिण भेगमा रहेका खेलाडिहरु पहिचान गरि प्रोत्साहन गरिने अध्यक्ष केसीको भनाई रहेको थियो ।

Leave a Reply