न्यु डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको “सातौं डाँफे कप" शनिबार सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

न्यु डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको “सातौं डाँफे कप” शनिबार सम्पन्न

बाँके, २६ पुष। बाँके जिल्लाको खजुरा ४ मा न्यु डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको “सातौं डाँफे कप “ शनिबार सम्पन्न भएको छ ।

उक्त कपका लागी बाँके जिल्ला भित्रका कुल १४ समूहले सहभागिता जनाएका थिए जसमध्ये फाईनलमा जय किसन युवा क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच भएको अन्तिम प्रतिस्पर्धामा जय किशन युवा क्लब का दिपक राज सिंहले खेल शुरु भएको ५ मिनेटमा १ गोल ११ मिनेटमा दोस्रो गोल १९ मिनेटमा तेस्रो गोल ३८ मिनेटमा चौथो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने सोहि क्लबका अर्का खेलाडी निरज चौधरी ले २७ मिनेटमा १ गोल ३७ मिनेटमा दोस्रो गोल प्रहार गरेर कुल ६(० ले चन्द्रज्योती स्पोर्ट्स क्लब लाई पछि पार्दै जय किशन युवा क्लब सैनिकले प्रथम स्थान हासिल गरेर शिल्ड मेडल प्रमाणपत्र सहित नगत ७० हजार सहित सातौं डाँफे कप को बिजेता बनेको छ।

भने चन्द्रज्योती स्पोर्ट्स क्लबले प्रमाणपत्र मेडल सहित ४० हजार नगत सहित उपबिजेता बनेको न्यु डाँफे स्पोर्ट्स क्लब का वरिष्ठ उपाध्यक्ष टोपेन्द्र खत्री ले जानकारी दिनुभयो ।उक्त सातौं डाँफे कपको उत्कृष्ट गोल रक्षकको उपाधी रेसिंग साहारा क्लब का गोल रक्षक मुकेश घर्ती मगर ले मेडल प्रमाणपत्र सहित नगत रु १ हजार प्राप्त गरेका छन् ।

त्यसैगरी उत्कृष्ट खेलाडीको उपाधी न्यु डाँफे स्पोर्ट्स क्लबका खेलाडी सन्देश योगीले मेडल प्रमाणपत्र सहित नगत रु १ हजार प्राप्त गर्न सफल भए त्यसैगरी सर्बाधिक गोल कर्ताको उपाधी बिजेता जय किशन युवा क्लब सैनिकका खेलाडी दिप्क राज सिंहले कुल ६ गोल गरि सर्बाधिक गोलकर्ताको उपाधी स्वरुप मेडल प्रमाणपत्र नगत रु १ हजार प्राप्त गरेका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);