बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

एजेन्सी, २५ साउन । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

शनिबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । क्याम्प नाउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनालाई सहज जित दिलाउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले गोल गरे ।

घरेलु टोलीले सुरुवाती अग्रता भने क्लेमेन्ट लेन्गलेटको गोलमा खेलको १० औं मिनेटमा लिएको थियो । मेस्सीले २३ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–१ को अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए । पहिलो पटक क्वार्टरफाईनल पुग्ने नापोलीको लक्ष्य यस सिजन समेत पुरा हुन पाएन ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);