च्याम्पियन्स लिग: बार्सिलोनाद्वारा इंग्लिस क्लब युनाइटेड पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

च्याम्पियन्स लिग: बार्सिलोनाद्वारा इंग्लिस क्लब युनाइटेड पराजित

barsilona

काठमाडौं, ४ बैशाख । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडलाई ३ – ० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले समग्रमा ४–० को जितसहित अन्तिम चारमा स्थान बनाएको हो ।पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि लियोनल मेस्सीले १६ र २० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले ६१ औँ मिनेटमा गोल गरि टिमलाई जिताउन सहयोग गरे ।

यसैगरी, युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै आयाक्स अन्तिम चारमा प्रवेश गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);