युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समिकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी, २५ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । शनिबार अन्तिम १६को खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको हो । समीकरण पुरा भएसँगै क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र बार्सिलोनाविच प्रतिस्पर्धा हुने भएको छ ।

क्वाटरफाइनको खेल तालिका अनुसार फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेनले एटलान्टासँग खेल्नेछ भने लिपजिकले एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । यस्तै प्रिमियर लिग क्लव म्यानचेस्टर सिटीले लियोनसँग खेल्नेछ । यो सिजनको च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट दुई लेग हुने छैनन् । एक खेलबाट नै विजेताको छिनोफानो हुनेछ ।

कोरोना भाइरसका कारण स्थगित भएको लिगको क्वाटरफाइनल खेल पोर्चुगलमा हुनेछन् । क्वाटरफाइनलमा बार्सिलोना र बार्यनको खेल अगष्ट १४ मा हुनेछ । सिटीले लियोनसँग आँउदो शनिबार खेल्नेछ ।

यस्तै एट्लान्टाले पीएसजीसँग १२ अगष्टमा खेल्नेछ भने लिपजिकले एट्लेटिकोसँग अगष्ट १३ मा खेल्नेछ । अब तीन खेल जित्नेले युरोपियन च्याम्पियनसिपको उपाधि उचाल्नेछ । यो बर्ष च्याम्पियन्स लिगमा ला लिगाका मात्र २ क्लव पुगेका छन् । फाइनल खेल अगस्ट २४ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);