महिला च्याम्पियन्स लिगको फाइनल खेल स्पेनमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महिला च्याम्पियन्स लिगको फाइनल खेल स्पेनमा हुने

womens champions league

एजेन्सी, २२ असार । युरोपियन फुटबल एसोसिएसन यूईएफए महिला च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आगामी अगष्ट ३० मा हुने भएको छ । यूईएफएले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार फाइनल खेल अगष्ट ३० तारिखमा मा स्पेनमा हुनेछ । क्वाटरफाइनल खेल अगष्ट २१ र २२ तारिखमा तथा सेमिफाइनल खेल अगष्ट २५ र २६ मा हुने तय भएको छ ।

यूईएफएले कोरोनाका कारण यस सिजनमा रोकिएका महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल, सेमिफाइनल र फाइनलको खेलतालिका सार्वजनिक गरेको हो ।

क्वाटरफाइनलमा स्कटल्याण्डको ग्लासगो सिटीले र इंग्ल्याण्डको वुल्फ्बर्ग , स्पेनका एट्लेटिको म्यड्रिड र बार्सिलोना , इंग्ल्याण्डको आर्सनल र फ्रान्सको पीएसजी, तथा फ्रान्सको खियोन र जर्मनीको बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनल र सेमिफाइनलका खेलहरुपनि स्पेनमै हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);