च्याम्यिन्स लिग : क्वाटर फाइनलको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

च्याम्यिन्स लिग : क्वाटर फाइनलको खेल तालिका सार्वजनिक

champions league

एजेन्सी, २६ असार । युरोपियन फुटबल एसोसिएसन यूईएफएले शुक्रबार च्याम्यिन्स लिग फुटबलको क्वाटरफाइनलको खेल तालिका सार्वजनिक गरेको छ । क्वाटरफाइनलको खेल तालिका अनुसार रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको बिजेताले युभेन्ट्स र लियोनबीचको बिजेतासँग खेल्नेछ ।

अन्तिम १६ अन्तर्गत रियल र सिटीबिचको पहिलो लेगमा सिटी २–१ ले विजयी भएको थियो । युभेन्ट्स र लियोनबीचको पहिलो लेगमा युभेन्ट्स १–० ले पराजित भएको थियो । यस्तै बार्सिलोना र नापोलीबीचको बिजेताले चेल्सी र बायर्न म्युनिखको बिजेतासँग खेल्नेछ ।

बार्सिलोना र नापोलीबीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । चेल्सीविरुद्ध भने पहिलो लेगमा बायर्नले ३–० को जित निकालेको थियो । उपाधि दाबेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले इटालीको एटलान्टासँग खेल्नेछ । त्यस्तै जर्मन क्लब आरबी लाईपजिगले एट्लेटिको म्याड्रिडसँग खेल्नेछ ।

पोर्चुगलको लिस्बनमा हुने क्वाटरफाइनलपछिका सबै खेल एक लेगको हुनेछ । क्वाटरफाइनलका खेल अगष्ट १२ देखि १५ सम्म हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट १८ र १९ मा हुनेछ भने फाइनल अगष्ट २३ मा हुनेछ ।

ताजा समाचार