ला लिगामा रियल मड्रिडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

ला लिगामा रियल मड्रिडको सहज जित

real madrid

एजेन्सी, २७ असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शुक्रबार राति रियलले घरेलु मैदानमा आल्भेसमाथि २–० को जित दर्ता गराएको हो ।

रियलको जितमा करिम बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरे । बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाएका थिए । त्यस्तै एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

जितसँगै रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा तीन चरणको खेल बाँकी रहँदा रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);