स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

बुधबार राति काडिजको मैदानमा भएको खेलमा रियलले काडिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे भने अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो ।

खेलको ३० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ४० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० को जित दिलाए । जितसँगै रियलले ३२ खेलमा ७० अंक लिगको शीर्ष स्थानमा उक्लिएको छ भने काडिज ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);