मड्रिडसँग ग्रानडा ४–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मड्रिडसँग ग्रानडा ४–१ गोल अन्तरले पराजित

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो । रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे भने ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दा रियलको अग्रता २–० को बन्यो । ७१ औं मिनेटमा जोर्गेले गोल गर्दै ग्रानडालाई २–१ को स्थितिमा ल्याए ।

७५ औं मिनेटमा अल्भारोले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ७६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४–१ को जित दिलाए । जितसँगै रियल ३६ खेलमा ७८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);