स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको सहज जित

एजेन्सी, ८ चैत। स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो । त्यस्तै सेल्टाका लागि सान्टि मिनाले एक गोल फर्काए ।

सेल्टाको मैदानमा बेन्जिमाले २० औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । ४० औं मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । जितसँगै रियलले २८ खेलमा ६० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

सेल्टा ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);