यस सिजनको बुढासुब्बा गोल्डकप प्रतियोगिता आयोजना नहुने भएपछि फुटबल प्रेमी निराश | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

यस सिजनको बुढासुब्बा गोल्डकप प्रतियोगिता आयोजना नहुने भएपछि फुटबल प्रेमी निराश

धरान, ८ चैत। कोरोना महामारीको कारण चरम आर्थिक अभाव खेपेको धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नगर्ने घोषणा गरेको छ । गोल्डकप आयोजना नहुने भएपछि निराश बनेका दर्शक तथा खेलप्रेमीहरुले धरानमा नै सञ्चालन भइरहेको वडास्तरीय गोधुली फुटबल प्रतियोगिताबाट खेलको रहर पूरा गरिरहेका छन् ।

हरेक वर्षको यो सिजन सुनसरीको धरान फुटबलमय बन्थ्यो । मोफसलकै पुरानो प्रतियोगिता बुढासुब्बा गोल्डकप आयोजना हुँदा धरान रंगशाला दर्शक तथा खेलप्रमीहरुले खचाखच भरिन्थ्यो । तर, धरान फुटबल क्लवले २२ वर्षयता निरन्तर आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकपको २३ औं संस्सकरण यसपटक आयोजना नगर्ने घोषणा गरिसकेको छ ।

२०५५ सालयता निरन्तर सञ्चालन हुँदै आएको बुढासुब्बा गोल्डकप इतिहासमा पहिलो पटक आयोजना नभएको हो । तर, २०५० यता निरन्तर सञ्चालन हुदै आएको २१ औं संस्करणको गोधुली फुटबल प्रतियोगिताले बुढासुब्बा गोल्डकपको झल्को दिएको दर्शक तथा खेलप्रेमीहरुको प्रतिक्रिया छ । फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बुढासुब्बा गोल्डकप आयोजना नभएपनि वडास्तरीय प्रतियोगितामा दर्शकहरुको उत्साहजनक सहभागीताले धरानमा फुटबल खेलप्रतिको चाह बढेको प्रमाणित भएको छ ।

बुढासुब्बा गोल्डकप नहुँदा सबै भन्दा बढी खेलाडीहरु मारमा परेका छन् । खेलाडीहरुको लागि अवसरको रुपमा रहँर्दै आएको बुढासुब्बा गोल्डकप नहुँदा खेल करियरमा नै ठुलो असर पुगेको खेलाडीहरु बताउँछन् । कोरोना कहरका कारण लामो समय खेलकुदका गतिविधि नहुँदा सर्बसाधारण निराश बनेका छन् ।

मोफसलकै पुरानो बुढासुब्बा गोल्डकप आयोजना नहुनु आफैमा दुखद कुरा हो । यसको निरन्तरतामा तीनै तहका सरकारले सहयोग गर्न सके इतिहास बोकेको बुढासुब्बा गोल्डकपको साख गिर्ने थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);