तारो हान्ने खेलमा अन्य समुदायका युवाहरुमासमेत आकर्षण बढ्दै (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तारो हान्ने खेलमा अन्य समुदायका युवाहरुमासमेत आकर्षण बढ्दै (फोटोफिचर)

बागलुङ । साबिकको धौलागिरी अञ्चलका आदिवासी जनजाति समुदाय माझ मात्र सिमित तारो हान्ने खेलमा पछिल्ला वर्षहरुमा बागलुङका अन्य समुदायका युवाहरुमासमेत आकर्षण बढ्न थालेको छ ।

पहिले विभिन्न ठुला मेला महोत्सवमा मात्र आयोजना गरिने तारो हान्ने खेल आजभोली साना मेला महोत्सवमा पनि स्थान दिन थालेसंगै यस खेलमा सबै समुदायका खेलाडीहरुको रुचि बढेको हो ।

यसअघि गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ् र बागलुङका आदिवासी जनजातिमा मात्र सीमित रहेको यो खेलमा पछिल्ला वर्षहरुमा ब्राहमण, क्षेत्री नेवार लगायत अन्य समुदायका खेलाडीहरुको पनि रुचि देखाएको पुराना खेलप्रेमिहरु बताउछन् ।

परम्परागत खेलको रुपमा परिचित रहदै आएको भएपनि यस खेललाई सरकारले प्राथमिकतामा राखेको पाईदैन । पहिले बाँसको धनु बनाएर खेलिने यो खेल पछिल्लो समयमा भने आधुनिय प्रबिधीबाट खेलिने गरिएको छ । बाँसको धनु बनाउँन समय र मेहनत लाग्ने भएकोले बजारमा पाईने आधुनिक धनु रोजाईमा परेको खेलाडी बताउछन् ।

तारो हान्ने खेलको संरक्षण तथा खेललाई विश्वभर चिनाउने उदेश्यले नेपाल उद्योग बाणिज्य संघ बागलुङ र कालिका भगवति व्यवस्थापन समिति गुठीले आयोजना गर्ने मेला महोत्सवमा अनिवार्य रुपमा संचालन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);