काठमाडौं महानगरद्वारा 'ए' डिभिजन क्लबलाई १० लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काठमाडौं महानगरद्वारा ‘ए’ डिभिजन क्लबलाई १० लाख सहयोग

sahayog

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले सोमबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गर्नुभयो । महानगरपालिकाबाट मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्बले आर्थिक सहयोग पाएका हुन् ।

सहयोग हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै महनगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभयो ।

प्रमुख शाक्यले महानगरभित्र रहेका ‘ए’ डिभिजनलाई १० लाख रुपैयाँ, ‘बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र ‘सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्ष देखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कोभिड-१९ महामारीका कारण विगतका वर्षमा जस्तै ‘ए’, ‘बि’ र ‘सी’ डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको शाक्यले बताउनुभयो । पहिलो चरणमा ‘ए’ डिभिजनलाई सहयोग गरिएको र यसपछि छिट्टै नै ‘बि’ र ‘सी’ लाई पनि सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गर्नुभयो । काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ‘ए’, ‘बि’ र ‘सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);