डि मारिया चम्केपछि बार्सिलोनाको लज्जास्पद हार, भ्यालेन्टाइनका दिन समर्थकको विछोड | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

 डि मारिया चम्केपछि बार्सिलोनाको लज्जास्पद हार, भ्यालेन्टाइनका दिन समर्थकको विछोड

च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पिएसजीद्वारा बार्सिलोना ४–० ले पराजित, पिएसजीको जितमा एन्जल डि मारिया नायक बने

 डि मारिया चम्केपछि बार्सिलोनाको लज्जास्पद हार

 पेरिस । च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले बार्सिलोनालाई ४–० ले पराजित गरेको छ ।

पिएसजीका दुई बर्थडे ब्वाई अर्जेन्टिनाका एन्जेल डि मारिया र उरुग्वेका एडिन्सन काभानीले संयुक्तरुपमा तीन गोल गरेपछि बार्सिलोनाले ४–० को पराजय भोग्नुपर्यो ।

नेपाली समयअनुसार बिहान ३ बजेर २२ मिनेटमा पेरिसको पार्क डे प्रिन्सेस रंगशालामा समाप्त भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा पनि २ गोल खायो ।

डि मारिया र काभानीको फेब्रवरी १४ मै जन्मदिन परेको थियो । डि मारियाले खेल सुरु भएको १८ मिनेटमै फ्रिकिकमार्फत गोल गर्दै घरेलु समर्थकलाई २९ औं जन्मदिनको उपहार दिएका थिए । उनले दोस्रो हाफको ५५ मिनेटमा पनि अर्को गोल गरे ।

काभानीले ७१ मिनेटमा गोल गरे । ३० वर्षमा प्रवेश गरेका काभानीको च्याम्पियन्स लिगमा सातौं गोल थियो ।

अर्को गोल जर्मनीका युवा विङ्गर जुलियान ड्राक्स्लरले गरे । उनले ४० मिनेटमा गोल गरेका थिए ।

च्याम्पियन्स लिगमा ४ गोलको स्पष्ट अन्तरले पराजित भएको बार्सिलोनाको पहिलो घटना हो । बार्सिलोनालाई अब क्वाटरफाइनलमा स्थान बनाउन आफ्नो घरेलु मैदान नोउ क्याम्पमा यस्तै खेल दोहर्याउनु पर्नेछ ।

बार्सिलोना सन् २००६–०७ को सिजन अन्तिम पल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्न असफल भएको थियो।

बार्सिलोनाको खेल हेरेर भ्यालेन्टाइन डेको मज्जा लिन रंगशाला पुगेका उस्का समर्थकहरु निराश भएर फर्कीएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);