च्याम्पियन्स लिग : बार्सिलोना र पीएसजी बिजयी, लिभरपुल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग : बार्सिलोना र पीएसजी बिजयी, लिभरपुल पराजित

barca-spurs

एजेन्सी, १८ असोज । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएराती भएको खेलमा टोटनह्याम ४–२ ले पराजित भएको हो ।

खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने फिलिप कौटिन्हो र ईभाँ राकिटिचले एक एक गोल गरे । टोटनह्यामका एरिक लामेला र ह्यारी केनले दुई गोल फर्काएका थिए ।

समूह ‘बी’ कै अर्को खेलमा इटालीको ईन्टर मिलानले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।

intermilan

त्यसै समूहको अर्को खेलमा नेपोलीले लिभरपुललाई १-० ले हरायो । नेपोलीको जितमा लोरेन्जो इन्सिनेले अन्तिम मिनेटमा गोल गरेका थिए ।

insigne

च्याम्पियन्स लिगकै अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्वियाको रेडस्टार बेलग्रेडलाई ६–१ ले पाखा लगायो । पीएसजीका लागि नेईमारले ह्याट्रिक गर्दा काभानी, डि मारिया र एम्बाप्पेले एक एक गोल थपे ।

psg

च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले बेल्जियमको क्लब ब्रुजलाई ३–१ ले पराजित गर्दा जर्मनीको बोरुसिया डर्टमण्डले फ्रान्सको मोनाकोमाथि ३–० को जित निकाल्यो ।

dortmund

गएराती जर्मनीको शाल्काले रुसको लोकोमोटिभ मस्कोलाई १–० ले हराँउदा पोर्चुगलको पोर्टोले टर्कीको गालातासारेमाथि पनि १–० कै जित निकाल्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);