यूईएफए च्याम्पियन्स लिग फुटबलमा पीएसजीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

यूईएफए च्याम्पियन्स लिग फुटबलमा पीएसजीको सहज जित

एजेन्सी,१८ मंसिर। यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह ‘एच’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भएको छ ।ओल्ड ट्राफोर्ड स्टेडियममा बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन पिएसजी ले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो ।

पिएसजीका लागि नेइमारले दुई तथा मार्क्वीन्होसले एक गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि मार्कश रासफोर्डले एक गोल गरेका हुन् । ७३ औँ मिनेटमा फ्रेड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

नेइमारले छैटौँ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । मार्क्वीन्होसले ६९ औँ मिनेटमा गोल गरे । युनाइटेडका रासफोर्डले ३२ औँ मिनेटमा गोल गरेका थिए । पराजयपछि पनि युनाइटेड एक खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

जित निकालेको पिएसजी समान ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । बुधबार राति नै भएको खेलमा स्थानबुल बासाक्सिहिरलाई ४–३ ले पराजित गरेको आरबी लेइप्जिग पनि ९ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);