च्याम्पियन्स लिग : मोराटाको दुई गोलमा युभेन्ट्सको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

च्याम्पियन्स लिग : मोराटाको दुई गोलमा युभेन्ट्सको जित

एजेन्सी, २० कार्तिक । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले जित निकालेको छ । बुधबार राति अवे मैदानमा भएको खेलमा फेरेन्कभारोस टिसीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए । मोराटाले सात र ६० औँ मिनेटमा गोल गरेका हुन् । डिबालाले ७२ औँ मिनेटमा गोल गरे भने डिभालीले ८१ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । ९० औँ मिनेटमा बोलीले एक गोल फर्काएका हुन् ।

जितपछि तीन खेलबाट ६ अंकसहित युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ । त्यस्तै बुधबार राति भएका अरु खेलमा समूह ई को चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ ।

यस्तै सोही समूहको सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ । समूह एफ को खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रूगलाई ३–० ले पराजित गर्दा जेनिट सेन्ट–पिटर्सबर्ग र लाजिओले १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);