च्याम्पियन्स लिग : मेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

च्याम्पियन्स लिग : मेस्सीको दुई गोलमा बार्सिलोनाको शानदार जित

barcelona vs lyon

एजेन्सी, ३० फागुन । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले अन्तिम १६ को दोस्रो लिगमा फ्रान्सेली क्लब लियोनलाई ५–१ ले हराएको हो ।

अवे मैदानमा भएको पहिलो लिगमा बार्सिलोना गोल रहित बराबरीमा रोकिएको थियो । तर घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लिगमा बार्सिलोनाले शानदार जित निकालेको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै फिलिप कोन्टिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरे । लियोनका लागि लुकास तोउसार्टले एक गोल फर्काए ।

१७ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनलाई सुरुवाति अग्रता दिलाए । यस्तै कोन्टिन्होले ३१ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५८ औँ मिनेटमा तोउसार्टले लियोनका लागि एक गोल फर्काए । ७८ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–१ मा पुग्यो । बार्सिलोनाका लागि ८१ औँ मिनेटमा पिके र ८६ औँ मिनेटमा डेम्बेलेले गोल गरे ।

बार्सिलोनाले क्वाटरफाइनलमा कुन प्रतिस्पर्धी पाउने छ भन्ने शुक्रबार थाहा हुनेछ । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, टोटनह्याम, युभेन्टस, अजाक्स र पोर्टो क्वाटरपाइनलमा पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);