युरोपा लिग फुटबल: इंग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

युरोपा लिग फुटबल: इंग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश

chelsea2

काठमाडौं, १ चैत्र । युक्रेनको डाईनामो किभलाई हराउँदै इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा चेल्सीले डाईनामो किभलाई उसैकै मैदानमा ५–० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुले ह्याट्रिक गर्दा मार्कस अलन्सो र हड्जन ओडोईले एक–एक गोल गरे । पहिलो लिगको खेलमा ३–० ले विजयी भएको चेल्सी गएरातिको खेलपछि समग्रमा ८–० ले विजयी भयो ।युरोपा लिगअन्तर्गत गएराति भएको अर्को खेलमा फ्रान्सको रेनेजलाई ३–० ले हराउँदै इंग्ल्यान्डको आर्सनल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लिगको खेल ३–१ ले हारेको आर्सनलले गएरातिको जितपछि समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पारेको हो । गएराति भएका अन्य खेलमा विजयी हुँदै स्पेनको भ्यालेन्सिया र भियारियाल, ईटालीको नापोली, जर्मनीको आईन्त्राच फ्र्यांकफर्ट, पोर्चुगलको बेनिफिका र चेक गणतन्त्रको स्लाभिया प्राग पनि क्वाटरफाइनलमा पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);