काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत वर्ष कत्लेआम नरहत्याको योजना रचना गरिएको बताउनु भयो । २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको जिकिर गर्नुभयो । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताउनु भयो । काँक्रा आफूले खाएर बियाँ आफूहरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको बताउनु भयो । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताउनु भयो । अध्यक्ष ओलीले लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको बताउनु भयो ।
This website uses cookies.