मड्रिडसँग लिभरपुल ३–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मड्रिडसँग लिभरपुल ३–१ गोल अन्तरले पराजित

एजेन्सी, २५ चैत । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियलका लागि विनिसिअस जुनिअरले २ तथा एसेन्सिओले १ गोल गरे भने लिभरपुलका लागि मोहम्मद सालहले १ गोल फर्काए । जुनिअरले २७ र ६५ औँ मिनेटमा गोल गरेका हुन् भने एसेन्सिओले ३६ औँ मिनेटमा गोल गरे ।

लिभरपुलका लागि सालहले ५१ औँ मिनेटमा एक गोल फर्काए । दोस्रो लेग लिभरपुलको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);