यु-१५ साफ : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

यु-१५ साफ : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्न

football

काठमाडौं, १८ असोज । अन्तिम समयमा श्रीलंकाले सहभागी नहुने निर्णय गरेपछि नेपालमा हुने युु—१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ ।

नयाँ तालिकाअनुसार समूह ए मा रहेको नेपालले समूूह चरणमा माल्दिभ्स र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । कात्तिक ८ गतेबाट एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो ।

समूूह बी मा भारत, भुटान र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल कात्तिक ८ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल कात्तिक १७ गते हुनेछ ।