शुक्रबारदेखि अन्डर-१५ साफ च्याम्पियनसिप हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

शुक्रबारदेखि अन्डर-१५ साफ च्याम्पियनसिप हुने

काठमाडौं, १ भदौ । शुक्रबारदेखि काठमाडौंमा अन्डर-१५ साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुने भएको छ । विहिबार पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगितामा नेपालले उपाधि चुम्ने लक्ष्य लिएको छ । नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनिल श्रेष्ठले बताए ।

 

उनले पहिलो पटक हुन लागेको अन्डर–१५ साफमा घरेलु मैदानको फाईदा उठाउँदै आफ्नो टोली विजयी हुने दावी गरे । नेपाली टोलिका अधिकांश खेलाडी एन्फा एकेडेमीका छन ।

 

नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले राम्रो खेले उपाधि जित्न कुनै समस्या नहुने प्रतिक्रिया दिए ।

 

प्रतियोगिताको उदघाटन खेल समूह ए का बंगलादेश र श्रीलंकाबीच हुनेछ । समूह बी मा रहेको नेपालले आफनो पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);