स्ट्राईकर रोनाल्डो भन्छन् : ममाथि र्दुव्यवहार भयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी ,१ भदौ । स्पेनिस सुपर कपका पाँच खेलमा प्रतिबन्ध लगाएपछि रोनाल्डोले आफुमाथि र्दुव्यवहार भएको जनाएका छन् ।

उनले आफुमाथि प्रतिबन्ध नलागाउन अपिल गर्दा स्पेनिस सुपर कपले स्वीकार नगरेपछि सोसल मिडिया ट्विटर माफर्त अन्याय भएको दाबी गरेका हुन् ।

 

३२ वर्षीय खेलाडीलाई रियल म्याड्रिड र वार्सिलोना बिचको पहिलो लेगको खेलमा रेफ्रीलाई धकेलेको भन्दै रेड कार्ड सहित प्रतिबन्ध लगाइएको थियो । उक्त खेलमा उनी जम्मा २४ मिनेट मैदानमा रहेका थिए ।

 

रोनाल्डोले अब आउने बुधबार हुने दोस्रो लेगमा सहभागी जनाउन पाउनेछैनन् भने उनी २० सेप्टेम्बरमा हुने रियल बेटिस विरुद्वको खेल पनि खेल्न पाउने छैनन् ।

 

उनी अब च्याम्पियन लिगमा मात्र खेल्न पाउने छन् ।

 

रोनाल्डोलाई ब्यान्ड गरिएका खेलहरु

 

बार्सिलोना (एच)–स्पेनिस सुपर कप–१६ अगस्ट

डिर्पाेटिभो ला कोरुना (ए) – ला लिगा–२० अगस्ट

भ्यालेन्सीया (एच)– ला लिगा–२७ अगस्ट

लेभेन्टे (एच)–ला लिगा–९ सेप्टेम्बर

रियल सोसिड्याड(ए) – ला लिगा–१७ सेप्टेम्बर

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);