रियल म्याड्रिडका मिडफिल्डर रोद्रिगुइज सेभियामा अनुबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

रियल म्याड्रिडका मिडफिल्डर रोद्रिगुइज सेभियामा अनुबन्ध

एजेन्सी, १४ भदौ । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका मिडफिल्डर ओस्कार रोद्रिगुइज सेभियामा अनुबन्ध भएका छन । सेभियाले ओस्कारलाई पाँच बर्षका लागि सम्झौता गरेको हो ।

जसमा उनले १३ दशमलव ५ मिलियन युरोमा सम्झौता गरेका छन् । त्यो रकममा ७५ प्रतिशत ओस्कारले पाउने भएका छन भने २५ प्रतिशत रियालले राख्ने भएको छ । त्यसमा रियालले थप १ दशमलव ५ मिलियन युरो पाउने संभावना रहेको जनाइएको छ ।

रोद्रिगुइजले पछिल्लो दुई सिजन लेगानेसमा बिताएका थिए । जहाँ उनले ६४ खेलमा १३ गोल गरेका थिए । तर अब उनले पाँच बर्षका लागि सेभियासँग खेल्ने भएका छन ।

युरोपा च्याम्पियन्स बनेको सेभिया अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ । उनी स्पेनको सिनियर टिममा पनि परेका छन् । स्पेनको यू-१६, यू-१७ र यू-१९ स्तरबाट खेल्दै आएका ओस्कारलाई अनुबन्ध गरेपछि क्लबले राम्रो खेलाडी भित्र्याएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);